‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
मधुसूदन भट्टराई
फरवरीको पहिलो दिनमा
सपनाले साकार रूप लिएर
उदाउन नपाउँदै
अस्ताएको हाम्रो प्रजातन्त्रिक किरण
अविलम्ब फेरि उदाउनेछ
अखिल विश्वको खुला आकाशमा
निर्लज्जतापूर्वक गडगडाएर
निहत्था जनतालाई तर्साउँदै
सत्यलाई ढाकेको तानाशाही कालो बादल
अविलम्ब फेरि उघ्रनेछ
बहुमान्य राजनीतिक क्षेत्रमा
स्याल र ब्वाँसाहरू मिलेर
अवैधानिक धारा लगाउदै
मूर्च्छित बनाएको दिग्विजयी सिंह
अविलम्ब फेरि ब्यूँझिनेछ
ज्ञान विज्ञान सम्पन्न आधुनिक युगमा
म र मेरो भन्ने भाव अङ्गालेर
घमण्डीपनको तार बार्दै
थुनिएको सार्वजनिक विकासको द्वार
अविलम्ब फेरि खोलिनेछ
बुद्धको वाणी गुञ्जिने शान्ति भूमिमा
अत्याचारले सीमा पार गरेर
हरियारलाई आधार बनाउँदै
रक्ताम्मे पारिएको स्वर्णिम देशको मुहार
अविलम्ब फेरि चम्किनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया