पहिरोले भुम्लुका २५ घर जोखिममा, स्थानीयले राति नै बस्ती छाडे

बिएल

अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन् । मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको छ ।

पहिरो खस्न थालेपछि धेरैले राति नै घर छाडेको वडाध्यक्ष भरतबहादुर शिवभक्तिले बताए ।

यसैबीच, जिल्लाकै फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ । बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोमा परी पाँचखाल नगरपालिका–४, फेदीबजारका चार वर्षीय दीपेश तामाङले ज्यान गुमाएका हुन् ।

उक्त समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको प्रहरी भनाइ छ ।

प्रकाशित मिति: : 2019-09-18 11:48:10

प्रतिकृया दिनुहोस्