जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६ सय ८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ।
प्रहरीको तथ्याक अनुसार आर्थिक वर्ष २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६ सय ८२ कारवाहीमा परेका हुन्।
ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी चार लाख ११ हजार रुपैया राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
गत आवभन्दा राजश्व सङ्कलनमा वृद्धि भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।