वीरगञ्ज एसिड पीडित मुस्कानको ९ बजे सल्यक्रिया हुँदै, परिवारलाई खर्च जुटाउन धौं–धौं

बिएल

वीरगञ्जकी एसिड पीडित किशोरी मुस्कान खातुनको आइतबार बिहान ९ बजे कीर्तिपुर बर्न अस्पतालमा सल्यक्रिया हुँदैछ। गत शुक्रबार वीरगञ्जको छप्कैया निवासी १५ वर्षीय मुस्कानलाई बिहान स्कुल जाने क्रममा दुई युवाहरूले मिलेर अनुहारमा एसिड प्रहार गरेका थिए। 

मुस्कानको उपचारार्थ स्थानीय सांसद प्रदीप यादवले तत्कालै ५० हजार उपलब्ध गराएका थिए। यही पैसाले परिवारले उनलाई काठमाडौं लिएर आएको थियो।

याे पनि: यूएनको सेतो गाडी हाक्ने नेपाली चेलीहरू (भिडियाे सहित )

प्रदेश नम्बर २ का मुख्यमन्त्रीले मुस्कानको उपचारार्थ ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता प्रकट गरेको थियो। तर, हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन। परिवारका सदस्य मुस्कानको उपचार खर्च कसरी जुटाउने भन्नेमा रनभुल्ल छन्।

बुवा रसुल अन्सारी भन्छन्, ‘प्रदेश सरकारले घोषणा गरेको पैसा तत्काल पाए, हामी छोरीको उपचार राम्रोसँग गर्न पाउँथ्यौं।’

उनको दायाँ हात र छाती एसिडका कारण जलेको छ। ६ महिनाअघि स्थानीय एक युवा माबिद आलमले स्कुल जाने क्रममा उनलाई जिस्क्याएपछि उनको परिवारले ती युवालाई सम्झाएका थिए।

याे पनि: भारतले यसरी कब्जा गर्यो- कालापानीका तीन नेपाली गाउँ

ती युवाले बदलास्वरुप ६ महिनापछि स्कुल जाने क्रममा आफ्नो साथी समसाथ आलमको सहयोग लिएर बिहान ६ बजे मुस्कानमाथि एसिड प्रहार गरेका थिए।
मुस्कानलाई शुक्रबार नै वीरगञ्जबाट राजधानी काठमाडौं ल्याइएको थियो।

उनीमाथि एसिड प्रहार गर्ने समसाथ आलमलाई प्रहरीले लगत्तै प्रक्राउ गरेको थियो। माबिद आलम भने राती पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2019-09-08 07:52:24

प्रतिकृया दिनुहोस्