‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई लक्षीत गरि नेपालमा पहिलो पटक गौ संरक्षणका लागि कोटीहोम हुने भएको छ। गौ संरक्षणका लागि यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो।
यसअघि झापाको कनकाई नदिको पूर्वीतटीय क्षेत्रमा स्वर्गीय योगि नरहरीनाथले २०४२ सालमा ५ कुण्डको कोटीहोम आयोजना गरेका थिए। त्यसैले सो क्षेत्रको नाम कोटीहोम रहन गएको हो।
झापाको सताक्षीधाममा आयोजना गर्न लागिएको कोटीहोमको कुण्डीय महत्वका आधारमा नेपालमै पहिलो र ठूलो मानिएको अन्तर्राष्ट्रिय विद्धतपरिषदका अध्यक्ष घनश्याम खनालले दावी गरे। कोटीहोमले पर्यावरणलाई सुद्ध गर्ने धार्मीक बिश्वास छ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थीत माहाभारत ईतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीय सताक्षीधाममा पहिलो पटक गौ संरक्षणका लागि १०८ कुण्डको कोटीहोम हुन लागेको स्थानीयबासीले जनाएका छन्।
सताक्षीधाममा स्थापित गोलोक गोवर्धन गौशालाका संरक्षक तथा पिठाधीश नन्दकिशोर भारद्धाजले कोटीहोमको आयोजना गर्न लागेको परिषदका अध्यक्ष खनालले जानकारी दिए । कुण्डहरु १५० वर्ग फिटमा हुनेछन्।
श्रीसताक्षी अष्टोत्तरशत्कुण्डीय श्री गोपाल महायज्ञ (कोटीहोम) एवं श्रीमद्देवीभागवत कथा महोत्सव नाम दिएको उक्त कार्यक्रम कात्तिक २७ देखि मंसिर ९ सम्म (तेह्र दिवसीय) हुने आयोजक गोलोक गोवद्र्धन गौशालाका पिठाधिस नन्दकिशोर भारद्धाजले बताए।
सडकमा यत्रतत्र रहेका, घर गाँउका स्थानीयले पालन पोषण गर्न नसकेका, रोगी, बृद्धगाईको संरक्षण गर्न, गाईको महत्व र अर्थ बुझाउनका साथै सताक्षीधामको पर्यटन प्रवद्र्धनका लागि कोटीहोम हुन लागेको हो।
सरकारको कार्यक्रम पनि सन् २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने गरि तयारी भईरहेका बेला सताक्षीधाममा आयोजना हुन लागेको कोटीहोमले सरकारी कार्यक्रमलाई साथ र सहयोग पुर्याएको स्थानीयबासी बताउँछन्।
बुधबार गौशालाका पिठाधीश भारद्धाजले १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई कोटीहोमका बारेमा जानकारी दिए। मुख्यमन्त्री राईले झापाको सताक्षीधाममा साधु सन्तको आगमनले अव त्यस क्षेत्रले मूर्तरूप पाउने बिश्वास ब्यक्त गरे।
मुख्य मन्त्री राईले भने, ‘१ नम्बर प्रदेशले सताक्षीधाममा आयोजना हुने कोटीहोमलाई खुलेर सहयोग गर्ने छ ।’
आयोजक संस्थाले कोटीहोम सञ्चालनका लागि आवस्यकीय भौतिक पूर्वाधार लगायतका अन्य संरचना निर्माण गर्न शुरु गरेको छ। यसै साता भित्र संरचना निर्माण लगायतका अन्य कामले मुर्तरुप पाईसक्ने पिठाधीश भारद्धाजले जानकारी दिए।
कोटीहोममा नेपाल लगायत भारत, भुटान, अष्ट्रेलिया, अमेरीका, क्यानाडा, न्युजिरल्याण्ड, कुवेत लगायतका मुलुकमा प्रचार प्रसारलाई तिव्र पारिएको छ।
आयोजकले नेपालबाहेक बिश्वका २० हजार पर्यटक कोटीहोममा सहभागी हुने दावि गरेको छ । यस्तै नेपालका डेढ लाख आन्तरिक पर्यटक सताक्षीधाम आएर कोटीहोममा सहभागी हुने आयोजकले दावि गरेको छ ।
कोटिहोमका लागि आयोजकले २ करोड रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ।
आयोजकका अनुसार सवैभन्दा धेरै खर्च चरु २७,००० किलो ग्रामको ७१ लाख हुने बताईएको छ । विहीबार सताक्षीधाममा कोटीहोमका लागि भूमी पूजन गरियो।
सुनको हलोले दुई फीट वर्गाकार जमिन जोतेर कोटीहोमका लागि भूमी पुजन गरिएको हो । सो कार्यक्रममा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले हिन्दु परम्परा अनुसार पुजा गरिएिको भुमीमा हनुमानको झण्डा गाडेका थिए।