विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले आर्थिक सशक्तीकरणका लागि महिला उद्यमशीलता भन्ने नारासहित पहिलो हस्तकला उद्योग सञ्चालनमा ल्याएको छ।
लायन्स क्लबका ३२५ बी १ का डिष्ट्रिक गभर्नर इन्दु लम्सालले ल्याएको ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने मूल नारालाई सफल बनाउन आफूहरुले आर्थिक समृद्धिका लागि उद्यमशीलतलाई जोड दिएको लायन्स गण्डकीका अध्यक्ष एवं महिला उद्यमी हिरा भट्टराईले बताइन। उनले भने, “लायन्सले शिक्षा स्वास्थ्य वातावरणको क्षेत्रमा सेवा गर्दै आएको छ अब आर्थिक सशक्तीकरणतर्फ पनि हामीले पाइला चालेका छौँ।” “बेरोजगार कम गर्दै स्वरोजगार र दक्ष जनशक्तिको उत्पादनतर्फ पनि अब लायन्सले सोच्नुपर्छ देशको समृद्धिमा नै दक्ष जनशक्ति निर्भर हुन्छ”, भट्टराईले भने।
गभर्नर लम्सालले देशका युवा पलायन हुने र सधैँ वैदेशिक सहायतामा भर पर्नु पर्ने संस्कारलाई अब विस्तारै हटाउँदै उद्यमशीलताबाट समृद्धि खोज्नु पर्ने बताए। उनले भने, “मैले वर्ष २०१९ ÷२० को गभर्नर भएसँगै ‘सशक्तीकरणका लागि जागौँ’ भन्ने नारासहित देशव्यापी अभियानमा लागेको छु।” विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सले आपसी भाइचारा र सद्भावलाई जोड दिँदै सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको उहाँको भनाइ थियो।
पहिलो महिलाको क्लबले थालेको यो प्रयासले देशभरि नै सकारात्मक सन्देश प्रवाह गर्ने प्रथम भाइस गभर्नर मनबहादुर रोकाले बताए। उनले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्न नयाँ र आर्कषक हस्तकलाका सामान सहयोगी हुने बताए।
लायन्सका डिष्ट्रिक प्रमुख सल्लाहकार महेन्द्र पौडेलले महिला क्लबले सधैँ रचनात्मक र सृजनात्मक काम गर्दै आएको भन्दै प्रशंसा गरे। ‘परिवर्तन गर्नुछ भने शुरुआत आफँैबाट गर्नुपर्छ’ भन्ने उदाहरण गण्डकीका महिला सदस्यहरुले देखाएको उनले बताए।
क्लबका अध्यक्ष हिरा भट्टराईले हस्तकला उद्योगका लागि बीउ पूँजीका रुपमा हस्तकला प्रशिक्षक हिरा कँुवरलाई नगद १० हजार प्रदान गरेका थिए। क्लबले हस्तकलाका विभिन्न सामग्री उत्पादन र बजारीकरणका लागि पहल गर्ने र धेरै दिदीबहिनीलाई रोजगार प्रदान गर्ने लक्ष्य राखेको रिजन चेयर पर्सन शारदा शर्माले बताए।
क्लबमा विभिन्न क्षेत्रका आबद्ध ४२ जना महिला आबद्ध रहेको डिष्ट्रिक सल्लाहकार शारदा पराजुलीले जानकारी दिए। उनले क्लबले शुरु गरेको पहिलो उद्योग भएकाले नाम पनि ‘पहिलो हस्तकला उद्योग’ राखेको उहाँको जानकारी दिए। (रासस)