पुर्वसांसद डोलबहादुर कार्की पक्राउ परेका छन्। प्रहरी इन्स्पेक्टर बनाईदिने भन्दै रकम लिएको खुलेपछि उनी विरुद्ध मुद्दा चलेको थियो।
२०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका कार्की बिरुद्ध विषेशमा मुद्धा चलेको थियो। उक्त मुद्धाको फैसला गर्दै विशेषले कार्कीलाई दोषी ठहर गरेको थियो।
विशेषको फैसला विरुद्ध सर्वोच्च पुगेका कार्कीलाई भदौ १७ गते सर्वोच्चले विषेशकै फैसला सदर गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीले कार्कीलाई बिहीबार बिहान काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको हो।
कार्की तत्कालीन एमाले लमजुङबाट समानुपातिकबाट सांसद भएका थिए।