प्रहरीले बिना कारण चालकलाई भकुरे पछि! (भिडियाे सहित )

बिएल

निकै व्यस्त मानिने चीनको नाका रहेको रसुवामा गाडी चलाउँदै गरेका एक ड्राइभरलाई प्रहरीले सार्वजनिक रुपमै कुटपिट गरेपछि भिडियो भाइरल बनेको छ। 

चीनको नाकाबाट कन्टेनरमा सामान ल्याउने ती ड्राइभरलाई दुई प्रहरीको रोहवरमा निर्घात कुटपिट गरिएको छ।

नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान तामाङलाई मंगलबार नेपाल प्रहरीका असई र हवल्दारले निर्घात कुटपिट गरेका हुन्।

सडकमा सबैको सामु प्रहरीले रसुवाको टिमुरेमा कुटपिट गरेको बताइएको छ।

टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादपछि चालकलाई गाडीबाट निकालेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रहरीले कुटपिट गर्दै गरेको भिडियो सर्वसाधरणले सामाजिक संजालमा भाईरल बनाएका छन्। सामाजिक संजालमा भाईरल भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ।

प्रकाशित मिति: : 2019-09-04 14:04:17

प्रतिकृया दिनुहोस्