नेपाली महिलाको महान् पर्व हरितालिका तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन्।
बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरेकी थिएन्।
पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए।
मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो।