७ वर्षमा ३० एटीएम ह्याकर पक्राउः पहिला पिन चोरी,  अहिले बैंकको सिस्टम

तस्बिरः बिएल

२०७० सालमा काठडमौंको ठमेलबाट ४ चीनीया नागरिकले पहिलो पटक नेपालमा एटीएम ह्याक गरेर रकम चोरी गरे। 

ठमेलको नबिल बैकको बुथबाट रकम निकालेर भाग्दै गरेका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको थियो। 

नेपाल प्रहरीको तथ्याङ्क अनुसार ७० साल यता ३० जना एटीएम ह्याकर पक्राउ परेका छन्। 

उनीहरुबाट प्रहरीले करौडौं ह्याक गरी निकालेको रकम बरामद गरेको छ। 

सुरूमा अरुको डाटा चोरेर नयाँ एटीएम कार्डमा भरेर रकम चोरी गर्ने चिनीयाँ ह्याकर पछिल्लो समयमा बैंकको पुरै सिस्टमनै ह्याक गरी रकम निकाल्दै गरेको अवस्थामा फेला परे। 

अनुसन्धान अधिकारीका अनुसार शनिबार अघिका एटीएम ह्याक प्रकरणमा ह्याकरले बिदेशमा रहेका विभिन्न ब्यक्तिको डाटा चोर्ने गर्थे अनि अन्य ब्याक्तिका डाटाहरु नयाँ कार्डमा भरेर नेपाल घुम्न आउने बाहानामा रकम चोरी गर्न आउने गरेका थिए। 

त्यसैगरी नेपालकै एटीएममा स्पाईसी क्यामेरा राखेर ग्राहकको पीन चोर्न र नयाँ कार्डमा भरेर रकम निकालेर देश छाड्ने गरेका थिए। 

तर पछिल्लो समयमा नेपालका बैकको पुरै स्टिममै ह्याक गरी एटीएम बुथनै रित्तो हुनेगरी रकम चोरी गरेको रहस्य खुल्यो। 

शनिबार पक्राउ परेका ह्याकरले नयाँ प्रविधिमार्फत रकम चोरी गरेको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले बताए। 

‘यसअघिका ह्याक प्रकरणमा विभिन्न ब्याक्तिको पिन चोरी गरी नयाँ कार्डमा भरेर रकम निकाल्ने गरिएको थियो तर यस पटक बैकको स्टिममै नछिरी रकम चोरी गरेको भेटियो’, प्रवक्ता बोगटीले भने। 

यसअघि ह्याकरले अष्ट्रेलियाइन्डोनेसियाफ्रान्सलगायतका मुलुकका बैंक खातामा रहेको रकम नेपालका एटीएमबाट निकालेका थिए। 

बैकको कमजोर सुरक्षा प्रणाली

नेपालका एटीएम बुथबाट सहजै पैसा चोरी हुने एउटा महत्वपूर्ण कारण हो– म्याग्नेटिक स्ट्रिप प्रणाली। ‍

नेपालका एटीएम मेसिनहरू पुरानै स्ट्रिप प्रणालीमै चलिरहेको हुनाले ह्याकरलाई चोरी गर्न सजिलो भएको अनुसन्धान अधिकारीहरु बताउँछन्। 

एटीएम ह्याकरको बिगबीगी हुन थालेपछि राष्ट्र बैंकले चिप्समा आधारित एटीएम प्रणाली लागू गर्न निर्देशन दिएको थियो। बैकहरुले त्यसको वास्ता नगरेका कारण बेला बेला यस्तो समस्या आउने गरेको सुरक्षा अधिकारीको भनाई छ।

प्रकाशित मिति: : 2019-09-02 16:06:10

प्रतिकृया दिनुहोस्