जापानको दक्षिण–पश्चिम शहरमा मुसलधारे पानी पर्दा ६ लाख व्यक्ति विस्थापित भएका छन्। बर्षाका कारण नदीको जलस्तरको पानी बढ्न थालेपछि सरकारले उत्तरी क्युशुको सागा, फुकुओका र नागासाकी क्षेत्र खाली गर्न आदेश दिएको छ।
सागास्थित रेलवे स्टेशनमा पुरै पानी भरिएको छ भने थुप्रै गाडीहरू डुबेका छन्। ठाउँ ठाउँमा पहिरो गएको पनि बताइएको छ। बर्षाका कारण हालसम्म ३ जनाको निधन भइसकेको छ भने केही लापत्ता छन्।
जापानबाट प्रकाशित हुने क्योडो न्युज एजेन्सीका अनुसार शुक्रबार पनि पश्चिमी र उत्तरी भागमा मुसलधारे बर्षा हुने सम्भावना छ। क्युशु रेलवे कम्पनीले सबै सेवा अनिश्चित कालका लागि बन्द गरेको छ। मौसम विभागले उत्तरी क्युशुको केही ठाउँमा हाईअलर्ट जारी गरेको छ र करिब १ लाख व्यक्तिलाई सुरक्षाका कारण घर छोड्न सल्लाह दिएको छ।
याे पनि पढ्नुहाेस।