अमर बमको रिहाईका लागि युएई दुतावासमा दार्चुलावासीको अपील

बिएल

विगत १७ वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई) को जेलमा मृत्युदण्डको सजाय भोगिरहेका दार्चुला जिल्ला दुहु गाउँपालिका–५ का अमर बमको रिहाईका लागि उनका बुवा कर्णबहादुर बमसहित सांसद गणेश ठगुन्नाले नेपालस्थित युएईका राजदुत सईद हमदान अल नकईसँग भेट गरेका छन्।

वैदेशीक रोजगारीका लागि सन् २००३ मा दुबई पुगेका अमर बमलाई युएई अदालतले एउटा घटनामा मृत्युदण्डको सजाय सुनाएको थियो। दुबईमा भारतीय नागरिक सरद सेट्टीको हत्यामा उनको नाम मुछिएपछि अदालतले अर्का भारतीय नागरिक करणसिंह राजपुत र मदन मुदानासँगै उनलाई पनि मृत्युदण्डको सजाय सुनाएको थियो।

उनले पहिलेदेखि नै आफू निर्दोष भएको बताउँदै आएका थिए। जेलमा उनीसँगै रहेका दुई जना भारतीय नागरिक करणसिंह र मदनले पनि उनी यो घटनामा निर्दोष भएको बताउँदा पनि युएई अदालतले उनको मुद्धामा पुर्नविचार गरेको छैन।

याे पनि हेर्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

काठमाडौं पानीपोखरीस्थित युएई दुतावासमा बुधबार अमरका बुवा र सांसद ठगुन्नासहित जिल्लाका प्रतिनिधि पुगेर राजदुत अल नकईलाई यो मुद्धामा पुर्नविचार गर्न आग्रह गरे।

भेटघाटमा नेपालस्थित युएईका राजदुत नकईले अमरको मुद्धा आफ्नो सरकारसमक्ष राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीसँग भएको कुराकानी बीएल नेपाली सेवालाई जानकारी दिँदै सांसद ठगुन्नाले भने, ‘उहाँले प्राविधिक कुराहरू समीक्षा गर्दै नेपालको परराष्ट्र मन्त्रालयमार्फत भारत र युएईको दुतावासमा पनि छलफल गरी उचित कदम उठाउने प्रयास गर्नेछौं।’

याे पनि।

शिक्षामा शासकको कुदृष्टि

भाइरल हुने बहानामा लोकप्रियता हराउँदै गयोः गायक शिरिष देवकोटा

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-28 17:54:28

प्रतिकृया दिनुहोस्