पहिरोका कारण ४ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। गएको शुक्रबारदेखि पहिरोका कारण अवरुद्ध राजमार्ग बुधबार बिहानबाट सुचारु भएको हो।
कर्णाली राजमार्ग अन्तरगत कालिकोटको तिलागुफा नगरपालिका ७ छाप्रेमा भीषण पहिरोको कारण राजमार्ग अवरुद्ध भएको डिभिजन सडक कार्यालयका प्रमुख श्रवण कुमार महतराले जानकारी दिए।
राजमार्ग बन्द हुदा जुम्लाबाट सुरर्खेत तर्फ जाने र आउने सवारी साधन बिचैमा अलपत्र परेका थिए।