नेपाल पत्रकार महासंघले रेडियो नेपालले बिना सूचना निस्कासन गरेका तीनजना पत्रकारलाई पुनर्वहाली गर्न कार्यकारी निर्देशकलाई अन्तिम चेतावनी दिएको छ । गत सोमबार रेडियो नेपालको सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्रले माथिको आदेश भन्दै दश वर्षदेखि कार्यरत पत्रकारत्रय सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सूचना हटाएको थियो ।
रेडकार्यकारी निर्देशकलाई गम्भीर ध्यानाकर्षण गराउँदै महासंघले अझै पुनर्वहाली नगरे आफूहरु सडकमा जान बाध्य हुने चेतावनी दिएको हो ।
महासंघअन्तर्गतको श्रमजीवी हित प्रर्वद्धन समितिले मंगलबार सिहंदरबारस्थित रेडियो नेपालमा गई प्रवन्ध निर्देशक सुरेशकुमार कार्कीलाई भेटेर आन्दोलनको चेतावनीसहित गम्भीर ध्यानाकर्षण गराएको हो ।
समितिका संयोजक रामप्रसाद दाहाल, सहसंयोजक जन्मदेव जैसी, सदस्य टेकराज थामीसहितको टोलीले दिपायलस्थित रेडियो नेपालको प्रदेश केन्द्रमा लामो समयदेखि कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई तत्काल काममा फर्काउन पुन: माग गरेको हो ।
उनीहरुको पुनर्वहालीको मागसहित जिल्लास्थित रेडियो नेपालको गेटमै धर्ना जारी छ ।
रेडियो नेपाल प्रदेश प्रसारण केन्द्रले माथिको आदेश भन्दै विगत दश वर्षदेखि कार्यरत पत्रकारत्रय रावल, बम र कुँवरलाई बिना कुनै सूचना हटाएको थियो ।
आफूहरुलााई विना कारण हटाएको भन्दै पुनर्वहालीको माग गर्दै तीनैजना पत्रकारले नेपाल पत्रकार महासंघमा निवेदन दिएका थिए ।
पत्रकार महासंघ डोटी शाखाको अगुवाईमा पत्रकारहरुले विहीबारदेखि रेडियो नेपालको गेटमा धर्ना दिईरहेका छन् ।
तीनैजना पत्रकारलाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो ।