पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडी बजारबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ। मंगलबार साँझ ५ बजे छुटेको भेरी गंगा यातायात व्यवसायी समितिको ना ४ ख ९३१७ नम्बरको बस बिहान ४ बजेतिर ब्रेक फेल भएर सुर्खेतको हर्रे नजिकै एमाले मोडमा दुर्घटना भएको हो।
दुर्घटनास्थलबाट हालसम्म तीन जनाको सब निकालिएको र २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागि लगिएको ट्राफिक प्रहरी सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार बसको चालकसहित ४ बच्चा, ८ महिला र १३ पुरुष गरि २५ जना घाइते भएका छन्।
मृत्यु भएका ३ जनाको सनाखत हुन सकेको छैन।