केही दिन अगाडिको कुरा हो। बिहान करिब ४ बजेको थियो। मोबाइलको चर्को रिङसँगै एक्कासी मेरो आँखा खुल्यो।
यसो हेरेको, साथीको नम्बर रहेछ। निन्द्राको सुरमा अल्छि मान्दै फोन उठाएको मात्र के थिए, उताबाट सुइँक्क–सुइँक्क गर्दै रोएको आवाज आयो।
‘अहँ अब मलाई बाँच्न मन छैन। स्वाँस फेर्न गाह्रो भइरहेको छ। मर्न मन लागिरहेको छ।’
साथीको यो कुरा सुनेपछि मेरो निन्द्रा उड्यो।
अत्तालिँदै सोधे, ‘ओइ, के भयो तलाई?’
उसले झन् बढी निरास हुँदै भनी, ‘मलाई कतै जान पनि मन लाग्दैन्। कसैसँग भेट्न मन पनि लाग्दैन्।’
उसको कुरा सुनेपछि मैले ढाड्स दिँदै भने, ‘सुत अहिले। भोली दिउँसो कुरा गरौंला!’
याे पनि हेर्नुहाेस।
उसको कुरा सुनेपछि अब मलाई निन्द्रा लागेन। बिहानभरी उसले भनेको कुरा मनमा खेल्न थाल्यो।
मेरो स्मृतिपटलमा एक बर्षअगाडिको एउटा घटना नाच्न थाल्यो।
एकदिन मलाई गाउँमा सँगै पढेकी एउटी साथीले फोन गरी र भन्न थालि, ‘हेरन् मलाई पटक्कै बाच्न मन लाग्दैन्।’
मलाई उसको कुरा मजाक लाग्यो। वास्ता गरिन्। तर, एक महिनापछि खबर आयो, उसले झुन्डिएर आत्महत्या गरिछ। यो घटनाले म स्तब्ध भए।
मलाई आत्मग्लानी भयो, उसको समस्या राम्रोसँग बुझ्न पाएको भए, यो अवस्था आउने थिएन कि? मैले अपराध बोध गरे। कम्तिमा मनोचिकित्सक कहाँ जाने सल्लाह दिन पाएको भए, ऊ बाच्द्थी कि?
बिहान फोनमा कुरा भएको साथीलाई दिउँसो भेट्छु त भने तर किन हो? हिम्मतै भएन। साँझ फोन गरे। उ डाक्टर कहाँ उपचारका लागि गएकी रहेछ। मन केही शान्त भयो। लाग्यो–अब उ ठिक हुन्छे।
दिन बित्दै गए। एक दिन राती फेसबुक चलाएर बसिरहेकी थिए। म्यासेज आयो–भोली जसरी पनि भेट न ल!’
याे पनि हेर्नुहाेस।
भोली दिउँसो ३ बजे नयाँ बानेश्वरमा भेट्ने बाचा गर्दै ‘अन लग’ भयौं।
दिउँसो म भनेकै समयमा बानेश्वरको एउटा कफि शपमा पुगिसकेको थिए। उनी केही ढिलो आइन। पानी परिरहेको थियो। उनको कपडा भिजेको थियो।
उनको मलिन अनुहार देखेपछि मलाई लाग्यो केही गडबड पक्कै छ। सोधे, ‘सन्चैं त छौं?’
मेरो प्रश्न खस्न नपाउँदै उसले आँखाभरी आशु पार्दै भूईतिर हेरेर भनी, ‘अहिलेसम्म बाचेकै छुँ।’
उनको उत्तर सुनेर मनमा चिसो पस्यो। मैले प्रतिप्रश्न गरे, ‘के भयो तिमीलाई?’
यस पछि उनी सम्हालिन सकिनन्। भक्कानिँदै भनिन्, ‘मलाई श्रीमानले धोका दियो। अर्की केटी राखेको छ। बच्चा समेत जन्माइसकेको रहेछ।’
याे पनि हेर्नुहाेस।
म चकित परेँ। लोग्नेले अर्की श्रीमति राखेर बच्चा जन्माइसक्दा पनि थाहा नपाएकोमा आफ्नो साथीप्रति दया लागेर आयो। उनको भोलापन देखेर रिस पनि उठ्यो।
मैले सोधे, ‘अनि अन्यत्र केटी राखेर बच्चा जन्माउँदा समेत तिमीलाई थाहा भएन?’
उसले आफ्नो लाचारी सुनाइँ, ‘शंका नलागेको होइन। तर, यस विषयमा कुरा गर्यो कि उ झम्टि हाल्थ्यो।’
लोग्ने पेशाले प्रभावित पार्न सक्ने पोजिसनमा रहेछ। अब उजुर गर्न कहाँ जाने? बेचारा उसलाई पनि आपतै परेको रहेछ। रिपोर्ट गर्यो, सबैभन्दा पहिले उसैलाई थाहा हुने डरले उ गुम्सेर बसेकी रहिछ।
मैले भने, ‘मलाई अगाडि नै भन्नु पथ्र्यो नि।’
मनभित्र कुरा गुमस्याएर राख्दा उनमा टोल्याउने बानीको विकाश भएछ। बेला–बेलामा मर्न मन लाग्ने।
यो एक वर्षको अवधिमा मैले आफूसँग हुर्किएका र सँगै पढेका ६ जना साथीहरू मानसिक समस्यामा परेको भेटिसकेको छु।
याे पनि हेर्नुहाेस।
ललितपुरको पाटनमा रहेको मानसिक स्वास्थ्य सेवामा कार्यरत चिकित्सक अनन्त अधिकारी मानसिक रोगलाई सामान्य भन्न रुचाउँछन्।
डिप्रेसन जुन सुकै उमेर समूहका मानिसलाई हुन सक्छ। बढ्दो शहरीकरणका कारण हिजोआज युवा–युवतीमा डिप्रेसनको समस्या बढ्दो छ।
नेपालमा कूल जनसंख्याको एकतिहाइ नागरिक कुनै न कुनै रुपमा मानसिक समस्याबाट गुज्रिरहेको चिकित्सक अधिकारी बताउँछन्। उनका अनुसार १५ प्रतिशत मानिस मात्र उपचारका लागि स्वास्थ्य संस्थामा आइपुग्छन्।
‘देशभरी नै मानसिक रोगको उपचार गर्ने दक्ष चिकित्सकको संख्या थोरै छ’, अधिकारी भन्छन्– ‘भएका चिकित्सक पनि ठूलो निजी तथा सरकारी अस्पतालमा कार्यरत छन्।’
मानसिक स्वास्थ्य उपचारमा आवश्यक केही औषधी निःशुल्क भएपनि सबै तिर उपलब्ध छैन। औषधीको लागि शहर पस्नुपर्ने बाध्यता अझैं छ।
चिकित्सकले भने जस्तै रोग पहिचान गरेर अस्पतालसम्म ल्याउने जिम्मा परिवारको हो। तर, अस्पताल ल्याएपछि अन्य रोगका बिरामी जस्तै उनीहरूलाई पनि गम्भीरताका साथ हेर्ने वातावरण बन्यो भने यसले धेरै राहत दिने थियो।
मनोरोग मनको रोग हो। यो रोग लागेपछि मानिसलाई कुनै कुरामा चाख लाग्दैन्। जीउ गल्ने र थकाईं लाग्ने, भोक र निन्द्रा गायब हुने, बेलाबेलामा रिस उठ्ने, रुन मन लाग्ने र छटपटी हुने मनोरोगीको लक्षण हो।
चिकित्सकहरू मनोरोग लागेको व्यक्तिले आफ्नो मनलाई अन्यत्र मोड्न विभिन्न उपाय अपनाउनु पर्ने बताउँछन्। उनीहरू निन्द्रालाई नियमित राख्न र स्वस्थ्य खानपिनमा विशेष ध्यान पुर्याउन सुझाव दिन्छन्।
याे पनि हेर्नुहाेस।