वीरगञ्ज अस्पतालमा पत्रकारकै माेबाइल चाेरी

वीरगंजको नारायणी अस्पताल। तस्बिरः बिमला
वीरगंजको नारायणी अस्पतालको लापरवाहीले गर्दा अहिले रोगी र कुरुवा दुबै असुरक्षित हुन थालेका छन्। नारायणी अस्पतालको फितलो सुरक्षा ब्यावस्थाले गर्दा पर्साका पत्रकार शम्भु कुमार सुमनको उपचारको क्रममा गएराती करीब १ बजेको समयमा २ वटा मोवाईल चोरी भएको छ।
 
उपचारको लागि भर्ना भएका पत्रकार शुमन र उनका भाई लक्ष्मण साहको मोवाईल नारायणी अस्पतालको मेडिकल वार्डको बेड नम्बर १० बाट चोरी भएको परिवारले जानकारी दियाे। चाेरीको सुचना प्राप्त हुना साथ श‌काको आधारमा अनुसन्धानका लागि एक जनालाई इलाका प्रहरी कार्यालय विर्ताले राती नै पक्राउ गरेको छ।
 
 
याे पनि पढ्नुहाेस।
नारायणी अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामी तथा कुरुवाहरुका अनुसार मोवाईल चोरीकाे घटना बढ्न थालेकाे छ। यस विषयमा पटक पटक अस्पताल प्रशासनलाई जानकारी गराएपनि मौन रहेको र सुरक्षा व्यवस्था कडा नबनाइएको कुरुवाहरुले आरोप लगाए।
 
नारायणी अस्पतालको सेवा सुबिधा तथा सुरक्षा बारेमा पटक पटक सामाचार प्रकाशमा आएका पनि छन्। तर अस्पतालले अहिले सम्म सुरक्षा व्यवस्थामा सुधार ल्याएको छैन्ज। कुरुवाहरुले अस्पतालमा हुने गरेकाे चाेरीकाे घटनामा अस्पताल ब्यवस्थापन पक्ष कै संलग्न रहेको दावी गरेका छन्।
 
याे पनि।
प्रकाशित मिति: : 2019-08-26 23:00:24

प्रतिकृया दिनुहोस्