रवि लामिछाने र अस्मिता कार्कीको बयान बाझियो: रविले भने–अस्मितालाई चिन्दीनँ, अस्मिताले भनिन्– रवि दाईलाई सबै थाहा थियो

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र मृतकी प्रेमिका रुकु भनिने अस्मिता कार्की बीचको बयान बाझिएको छ। 

मृतककी प्रेमिका अस्मिताले सरकारी वकिलमार्फत आइतबार अदालतमा पेश गरेको अभियोग पत्रमा रविलाई आफ्नो प्रेम प्रसंगको विषयमा सबै जानकारी भएको उल्लेख छ।

तर, सोमबार रविको बयान अदालतमा पेश हुँदा उनले अस्मितालाई आफूले नचिनेको दावी गरेका छन्।

रविको बयानमा भनिएको छ–‘अस्मितालाई मैले प्रहरी नियन्त्रणमा पहिलो पल्ट भेटेको हुँ।’

रविले सरकारी वकिल कार्यालयमा पेश गरेको अभियोग पत्रको बयान यस्तो छ।

मृतक शालिकराम पुडासैनीले करीव डेढ वर्ष पहिले २–३ वटा सान्दर्भिक सुचना ल्याई हाम्रो कार्यालयमा आई हामीसँग सम्पर्क गरेकाले सोही क्रममा चिनजान भई निजले राम्रो सुचना ल्याउन सक्ने सोचि म र दिपक बोहराले सिफारिस गरी निजलाई ल्भधकद्दद्ध मा रिपोर्टरको रुपमा काममा राखेका थियौं।

निजले पाउने सेवा सुविधाको वारेमा मलाई केही थाहा थिएन। निज काममा निकै मिहिनेत गरी खटिने र राम्रो राम्रो सुचना ल्याउने गर्थे। निजले कम्प्युटर चलाउन नजान्ने भएकाले निजले ल्याएको सुचना प्रतिवादी युवराज कँडेलले पुरा गरी समाचार बनाई मलाई दिने गर्थे। निजको बारेमा अन्य केही पनि जानकारी थिएन।

करिब २ महिना पहिले निजले मैले माउण्टेन टिभीमा ?। एकलाख तलव पाउने गरी मार्केटिङको काम पाए। अव न्युज २४ छोडें भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा निजले मलाई किन ढाटेको होला भन्ने लागेको थियो। वारदातको २।३ दिन पहिले हाम्रो क्यामेरा म्यान अनिल ढुंगेलले हामी सवै कर्मचारीसँगै भएको वेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगी रहेको भनेको सुनेको थिए।

मिति २०७६।०४।२० गते मेरो कार्यक्रम नभएकोले चाँडै सुतें, भोलिपल्ट बिहान ब्युझिई मोवाईल हेर्दा निज शालिकराम पुडासैनीको मृत्यु सम्बन्धका म्यासेजहरू २० गते राति नै आइसकेका रहेछन्। निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरू हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा निजले के कति कारणले भने मलाई थाहा छैन तर निजले आफ्नो श्रीमती हुँदा हुँदै प्रतिवादी अस्मितालाई झुटोवोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमीका अस्मिताले सवै कुरा थाहा पाई निजवाट टाढीन खोज्दा निजले अस्मितालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरीदिन्छु भनि डर देखाउने जस्ता कार्यहरू गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधाकुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो वारेमा भनि सार्वजनिक गरीदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरको हुनुपर्छ।

मैले निजको विरूद्दमा कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुन सक्छ। मृतकले मलाई अत्याधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको व्यक्तिले उनका बिरूद्द कार्यक्रम बनाउने भन्ने भ्रामक कुराले निजको मन दुखेको हुन सक्छ र म माथी अरोप लगाएको हुन सक्छ तर मैले निजलाई आत्महत्या गर्ने सम्मको दुःख दिएको पनि छैन र दिनु पर्ने कुनै कारण पनि छैन। मृतकको प्रेमीका भनेकी अस्मिता भन्ने रुकु कार्कीसँग देख भेट भएको थिएन, प्रहरीद्वारा पक्राउ परे पश्चातमात्र देखे चिनेको हुँ भन्ने समेत व्यहोराको रवि लामिछानेको वयान कागज।

प्रकाशित मिति: : 2019-08-26 15:09:20

प्रतिकृया दिनुहोस्