चन्दननाथ भैरवनाथ मन्दिरमा दर्शनार्थी बढे

कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।
कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसँगै राराताल घुमेर चन्दननाथ मन्दिरमा पूजा गरेर फर्कने पर्यटक बढ्दै गएका हुन्।
चन्दननाथ गुठी समितिकका अनुसार सो घोषणा पछि अहिलेसम्म आन्तरिक तथा बाह्य गरेर २० हजार पर्यटकले मन्दीर दर्शन गरेका छन्। यहाँ दैनिक करीब डेढसय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।
पछिल्लो समय पर्यटक बढ्दै गएपछि मन्दिरले पनि उनीहरूको रेकर्ड राख्न थालेको चन्दननाथ गुठी समितिका खरिदार रत्नप्रसाद आचार्यले जानकारी दिए।
एक हजार ४०० वर्ष पुरानो ऐतिहासिक मन्दिर तथा जुम्लाको मनोरम दृष्य अवलोकन गर्न पर्यटक रमाउने गरेका छन्।
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन यहाँ हुने भएकाले पनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो। दैलेखको महावै जगन्नाथबाट ल्याइएको दियो जहिले पनि बलिरहेको हुन्छ।
मन्दिरमा चालु आर्थिक वर्षमा रु ४३ लाख ७७ हजार ४४६ पर्यटकले चढाएको भेटी सङ्कलन भएको खरिदार आचार्यले जानकारी दिए।
राजश्व सङ्कलन तथा मन्दिरको व्यवस्थापनलाई मजबुत बनाएर अघि बढ्ने सोचमा समिति रहेको उनको भनाइ छ।
सङ्कलित रकममध्ये रु ४२ लाख ६८ हजार २०० खर्च भइसकेको, चार लाख ६० हजार ४०० बैंक मौज्दात रहेको बताइएको छ।
गत वर्ष रु ३९ लाख १७ हजार आम्दानी भएको थियो।

प्रकाशित मिति: : 2019-08-26 15:04:01

प्रतिकृया दिनुहोस्