रवि लगायत तीनजनाको फाईल सरकारी वकिल कार्यालयमा पेस

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाको फाईल प्रहरीले चितवन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको छ।

प्रहरीले पेस गरेको मिसिलको अहिले अध्ययन भइरहेको जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले जानकारी दिए। उनका अनुसार मिसिल अध्यनपछि अभियोग जिल्ला अदालतमा पेस हुनेछ।

सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दायर गरेपछि दालतमा थुनछेक बहस हुनेछ। थुनछेक बहसमा तीनै जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा छाडने अदालतले आदेश गर्ने छ।

प्रकाशित मिति: : 2019-08-25 12:40:18

प्रतिकृया दिनुहोस्