पतंजली योगपीठका कार्यकारी निर्देशक तथा वनस्पती विज्ञानका चर्चित व्यक्ति आचार्य बालकृष्ण मुटुको दुखाईका कारण एम्स अस्पतालमा भर्ना भएका छन्।
कृष्ण अस्टमी मनाउन शुक्रबार भक्तले चढाएको पेडा खाएपछि उनी एक्कासी मुर्छित परेका थिए। उनको मुटु दुख्न थालेपछि तत्कालै हरिद्धारस्थित अस्पताल लगिएको थियो। चिकित्सककै सल्लाह बमोजिम उनलाई ऋषिकेशस्थित एम्समा पुर्याइएको थियो।
अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ।
नेपाली मूलका आचार्य बालकृष्ण भारतमा धनी व्यक्तिको सूचिमा पर्छन्। योग गुरु रामदेवका उनी परम मित्र हुन् भने उनीहरूले नै मिलेर पतंजली योगपीठको गठन गरेका थिए।
याे पनि पढ्नुहाेस।