पहिरोमा श्रीमती र दुई छोरा गुमाएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले ६ लाख राहत प्रदान गरेको छ।
गएको असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती रेखा राई, चार वर्षीय छोरा रोमन र सात महिने शिशु रोजनको मृत्यु भएको थियो।
राहत रकमको चेक प्रदेशसभा सदस्य उषाकला राईले शनिबार खोटेहाङ गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पहिरो पीडित विष्णुमारलाई हस्तान्तरण गरेकी थिइन्।
प्रदेश सरकारले प्रति मृतकलाई दुई लाख रुपैया राहत उपलब्ध गराउने निर्णय अनुसार विष्णुकुमारलाई तीन जनाको छ लाख रुपैया गरेको हो।