नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट ४ विचौलिया रंगेहात पक्राउ

तस्बिरः बिएल

सेवाग्राहीसँग अनधिकृत रकम असुली गरि ठगि गरेको आरोपमा पर्सा प्रहरीले नारायणी यातायात व्यवस्था कार्यालय वीरगन्जबाट ४ जना विचौलियालाई रंगेहात पक्राउ गरेको छ ।

सेवाग्राहीलाई ठगि गरेको आरोपमा मकवानपुर हेटौंडाका समर्थन न्यौपाने, पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ निवासी राज कुमार साह, विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ महुवन निवासी कमलेश साह र वाराको प्रसौनी गाउँपालिका वडानम्बर २ निवासी सत्रुघन प्रसाद साहलाई सेवाग्राहीसँग अनधिकृत रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भई रहेको पर्सा प्रहरीले जनाएको छ ।

पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्थानीय प्रशासन प्रहरीले यातायातमा हुने अनियमिततालाई रोक्न विचौलिया तथा कर्मचारीलाई पक्राउ गरेको भए पनि अनियमितता भने नरोकिएको सेवाग्राहीहरुले बताएका छन्।

प्रकाशित मिति: : 2019-08-20 20:18:17

प्रतिकृया दिनुहोस्