मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले एसईईमा उत्कृष्ट नतिजा ल्याएका १४ विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ।
समूहले मोरङको सुन्दरहैँचाको गछियामा सोमबार एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई पुरस्कृत गरेको हो। सुन्दरहरैँचा र बूढीगंगा गाउँपालिकामा रहेको सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकसहित एसईई उत्तिर्ण भएका विद्यार्थीलाई नगद तीन हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको छ।
विद्यार्थीलाई समूहकी कार्यवहाक संयोजक निरा पोखरेल र समूहका सदस्य सचिव विक्रम आमात्यले सम्मान पत्र र नगद प्रदान गरे। कार्यक्रममा आमात्यले वैज्ञानिक वनको उपलब्धी र वैज्ञानिक वन व्यवस्थापनका बारेमा जानकारी गराएका थिए।
याे पनि पढ्नुहाेस।