नेपालमै पहिलो पटक नयाँ प्रविधिको ल्याब ललितपुरको थसिखेलमा खुल्यो

तस्बिरः बिएल

नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिको ल्याब ललितपुरको थसिखेलमा खुलेको छ।

नोभा इन्टरनेशनल डाइग्नोस्टिकले नेपालमा पहिलो पटक नयाँ प्रविधिका मेसिनहरु भित्र्याएर शनिबारदेखि थसिखेलस्थित भवानी कम्पेलेक्समा ल्याब सेवा सुरू गरेको हो।

नेपालमा पहिलो पटक स्तन क्यान्सर जाच्ने अत्याधुनिक मेसिन मार्फत सेवा सुरू गरेको कम्पनीका अध्यक्ष उज्जल ठाकुरले बताए।

अध्यक्ष ठाकुरका अनुसार डाउन सिन्ड्रोम, एडवर्ड सिन्ड्रोम, क्यान्सर हटस्पट जीन प्यानल, बंशाणु रोग लगाएतका रोगहरु जाच्ने नयाँ प्रविधिका मेसिनमार्फत सेवा सुरू गरेको हो।

नेपालमा पहिलो पटक भित्रिएका आधुनिक मेसिनद्धारा सहज ढंगले सेवा सुचारु भएको अध्यक्ष ठाकुरले बताए।

अब रोग लागिसकेपछि मात्र होइन। रोग लाग्नु अघिनै रोगका बारेमा जानकारी दिन सक्ने सेवासमेत ल्याबले गर्ने ठाकुरको दाबी छ।

त्यसैगरी स्तन क्यासरका बारेमा अगावैं जानकारी हुने खालका मेसिन पनि राखिएको उनले बताए। यस्तै क्यान्सरका विभिन्न रोगको बायस्पी चेकका लागि देश बाहिर पठाउनुपर्ने अवस्थाथको अन्त्य भएको ठाकुरले बताए।

प्रकाशित मिति: : 2019-08-17 20:12:17

प्रतिकृया दिनुहोस्