अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
बिएल संवाददाता
शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ की भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्यूँत्यायाे। उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन।
उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ। बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन्।
पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिएनन्। राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ। पटक–पटक गइरहेका पराकम्पले उनको बास सडकमै भएको हो।
यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उनीलगायत अन्य सर्वसाधारण सुतिरहेका छन्।
कात्तिक महिनाको चिसोले उनीहरूलाई सताइरहेको छ। त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ।
कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताएका छन्। 'घरभित्र बसीसाध्यै छैन, उनले भने, 'पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ।'
जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन्। नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ। त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ। यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ। मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ। नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ। त्यसपछि भेरी नगरपालिका रहेको छ। भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ। गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ। एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ। अझै केहीले उपचार नपाएको समेत बताएका छन्।
छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताएका छन्। त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताएका छन्।
त्यस्तै गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ। पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो। अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन्।
भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन। अधिकांश मृतकको सनाखत अझै हुनसकेको छैन। अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया