पत्रकार रबि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ।
चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले शुक्रबार टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीलाई पाँच दिन म्याद दिएको हो।
पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको थियो।
पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए। पुडासैनीले भिडियोमा लामिछानेले आत्महत्याका लागि बाध्य पारेको बताएका थिए।