‘जसको हात हुन्छ, प्रेमले भरिएको मन हुन्छ उसले जहाँ, जहिले, जसलाई पनि हिलिङ थेरापी गर्न सक्छन्।’
उत्तम बज्राचार्य (५४) का १२ पुस्ता धामी झाक्री थिए। उनको परिवारमा श्रीमती, एक छोरी र एक छोरा छन्।
उत्तमले सानो छँदा बाजे र ठूलो बुवाले पनि वैद्य काम गरेको देखेका थिए। त्यहीबाट उनले केही ज्ञान सिकेका हुन्।
उत्तम अहिले आएर सम्झन्छन्, ‘उनीहरुले गरेको झारफुक एक किसिमको हिलिङ रहेछ। ठूलो बुवा बितेपछि यो पेशा धरापमा पर्यो।
आर्थिक अभावका कारण उत्तमका बुवाले पनि यसलाई अगाडि बढाउन सकेनन्। उत्तम कामको शिलशिलामा सन् २००१ मा जापान गए। जापान पुगेपछि उनलाई आफ्ना बुवा, बाजे र ठूलोबुवाले गरेका विधि विधान झन् याद आउनथाल्यो।
जापानिजले परम्परागत रितिरिवाजमा पनि हिलिङ खोजेको देखेर उनलाई सोचमग्न बनायो। उनको मनमा सोच आयो- नेपाल संस्कृति, रितिरिवाज, आयुर्वेद र प्रकृति रूपले सर्वश्रेष्ठ छ।
त्यसपछि सकारात्मक शक्ती र नकारात्मक शक्तिका बारेमा सन् २००२ बाट उनले जापानको निगाटामा जापनिज गुरू केनकेनबाट ज्ञान लिन शुरू गरे।
‘हाम्रो अवस्था कस्तुरीको जस्तै भएको छ। कस्तुरी आफ्नो नाभी सुगन्ध हुँदा हुँदै कहाँबाट आयो सुगन्ध भनेर खोज्दै भौतारिन्छ। त्यस्तै हामी पनि हाम्रो नेपाल आयुर्वेद, हिलिङ टच विधिबाट पहिलेदेखि पुरा हुँदाहुँदै विदेश तिर भौतारिन्छौं, तर विदेशी भने यहाँ आँउछन्, उनले भने।
त्यसपछि नेपालमा आएर उनले नर्वदा हेल्थ एण्ड रिर्सच सेन्टर खोलेर काम शुरु गरे।
यसरी काम गर्दै जाँदा हिलिङबारेमा कुरा गर्दा वा विधि अपनाउँदा ‘धेरैले ह्या यो हात टट्काएर पनि के हुन्छ र?’ भनेर जिस्काए। तर पनि उनले यो विधि छोडेनन्।
यही हात टट्काएर उनले धेरैलाई निकोसमेत बनाएका छन्। उत्तमले क्यान्सर बिरामीलाई पनि हिलिङ टचद्वारा निको बनाएको बताए। उत्तम कहाँ नेपालीभन्दा पनि विदेशीहरु हिलिङ उपचार विधि खोजी खोजी आँउछन्।
२०७२ को भुइँचालो पछि विदेशी आउने क्रम घटेको छ सँगै नेपाली आउने क्रम बढेको उनले सुनाए।
भुइँचालोमा उनले विदेशीसँग मिलेर धेरै पीडितको नछोइकन पनि गरिने हिलिङ टच विधिद्वारा उपचारसमेत गरे। निःशुल्क उपचार गर्नुका साथै आफूलाई आएको रकमले भूकम्प पीडितलाई राहत बाँढे।
धनगढीमा कोरियनसँग छँदा त्यहाँ पनि उनले धेरैलाई हिलिङ टच उपचार विधि के हो भन्नेबारे बुझाउने मौका पाए।
विभिन्न उपचार गर्दागर्दा जीवनदेखि दिक्दार भएर अन्तिम अवस्थामा पुग्नेको हिलिङ टच उपचार विधिबाट उपचार गर्न समय लाग्ने बताए।
उनकोमा कहिलेकाँही उपचारकै क्रममा पैसा सकिएर पुग्ने पनि हुन्छन्। यस्तो समयमा उनले निःशुल्क उपचार गरिदिन्छन्।
उत्तम कहाँ डाक्टरले पनि आफ्नो परिवारलाई हिलिङ गर्न पठाउँछन्। आफू पनि सल्लाह लिन्छन्। तर, आफ्नो अस्पतालमा निको नभएको बिरामीलाई कहिल्यै नपठाउने उनले बताए।
आइडिया स्टुडियोले आयोजना गरेको ‘सोचदेखि उद्योग २०१८’ मा उत्तमको तितेपातीको आइडिया सर्वोत्कृष्ट भएको थियो।
उनले गाँउघरमा पाइने तितेपातीको तेललाई उपयोग गर्दा एलर्जी नहुने, ह्याण्ड सेनिटाइजरको काम गर्ने, हाइ व्लड प्रेसरका लागि फाइदाजनक हुने प्रयोगबाट प्रमाणित गरेका थिए।
अहिले बज्राचार्यले यही तेल प्रयोग गरेर हिलिङ उपचार विधिमा अपनाइरहेका छन्। अहिले व्यक्तिगत प्रयोजनका लागि मात्रै उनले बनाइरहेका छन्।
सोचदेखि उद्योगमा उनले उत्कृष्ट भए वापत जितेको पाँच लाख राशीको पुरस्कार रकम अहिलेसम्म नपाएको उनले गुनासो गरे।
उत्तमकै हिलिङ विधि अप्नाएर कलाकार मदनकृष्ण श्रेष्ठले पनि उपचार गरिरहेका छन्। पार्किन्सन्स रोगमा एलोपेथिक औषधि जति उपयोग गर्दा पनि निको नभएका व्यक्तिहरू उत्तमकहाँ आएर निको भएका धेरै उदाहरण छन्।
पार्किन्सन्सले दिमागमा रहेको स्नायु कोषहरूलाई असर गर्छ। यसका लक्षणहरू मांसपेशी कठोरता, कम्पन र बोली र चालमा समस्या ल्याउँछ।
जोरपाटी बस्ने शरद कुमार भण्डारीको ढाडको नशा च्यापियो भनेर अपरेसन गरियो। तर, निको भएन। अन्तिममा दिल्लीको मेदान्त अस्पताल गए। त्यहाँ पार्किन्सन्स देखायो।
त्यसपछि बहिनीको माध्यमबाट उनी उत्तम कहाँ पुगे। औषधिको डोज पनि केही कम गर्दैछन्। उपचार गराउँदा सम्म १७ दिनमा आफूले गाडी पनि चलाउन सकेको बताए।
लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुवी भण्डारी अर्याल १५ दिनमा आफूलाई धेरै नै निको भएपछि दङ्ग देखिन्थिन्।
उत्तम बज्राचार्यले नछोएर हिलिङ गर्नुका साथै डिस्टेन्स हिलिङ टच थेरापी पनि गर्छन्।
हिलिङ टच जुन देशमा भए पनि गर्न सकिन्छ। ऊर्जा अर्थात आफूमा भएको ऊर्जाले अरूको उपचार गर्ने हो। यसका लागि आफ्नो हृदयमा माया पनि प्रसस्तै चाहिने उत्तमले बताए।
यो हिलिङ चट विधि सिक्नको लागि ५ वटा स्टेप पार गर्नुपर्छ। उत्तम भन्छन्, ‘तपाईलाई जहाँ दुख्छ, त्यहाँ दुई हत्केला रगडेर अनि दुखेको ठाँउमा ४/५ पटकसम्म ५/५ मिनेटसम्म राख्नुस्। दुखाइ कम हुन्छ।
चन्द्रलक्ष्मी बज्राचार्य पहिला आफैं बिरामी थिइन् हिलिङ टचद्वारा निको भएपछि उनले पनि यो विधि सिकिन्। अहिले उनी पनि हिलिङ टच विधिद्वारा आफैं उपचार गर्न सक्छिन।
हिलिङ टच उपचार विधि पूर्वीय क्षेत्रबाट शुरु भएको हो। यसलाई थप परिमार्जित र विकसित गर्ने काम अमेरिकाले गरेको हो। अमेरिकाले यसमा रिसर्च गरेर वैज्ञानिक आधारहरु पत्ता लगाए पछि यसलाई फस्ट वर्ल्डबाट यसको प्रभाव धेरै रहिआएको छ।
हिलरहरु अमेरिका जस्तो विकसित मुलुकमा पनि यो विधि अस्पतालमा समेत अपनाउने गरेको पाइन्छ।
हेर्नुहोस् भिडियो रिपोर्ट