करिब ४ महिनादेखि हराइरहेका एक जना राउटे युवाको जोजिका लागि राउटे समुदायले पत्रकार सम्मेलन आयोजना गरेर सरकारसँग अनुरोध गरेको छ।
जंगलको राजा दाबी गर्ने लोपोन्मुख राउटे समुदायका एक युवा वैशाखदेखि दैलेखको कान्छी जंगलबाट हराएको र लामो समयसम्म पनि नफर्किएपछि राउटे समुदायले पत्रकार सम्मेलन गरेर खोजीदिन सरकारसमक्षा आग्रह गरेको हो।
वैशाख २५ गतेदेखि हराइरहेका जयबहादुरको खोजी गरिदिन भन्दै राउटे समुहदायले बुधबार सुर्खेतमा पत्रकार सम्मेलन आयोजना गरेको हो।
बुधबार सुर्खेतमा पत्रकार सम्मेलन गरी सम्पर्कविहीन भएका जयबहादुरको खोजी गरिदिन दाजु प्रकाश शाही र भाई सोभान शाहीले स्थानीय सरकारसँग माग गरेका छन्।
वैशाख २५ गते नै राउटेहरु बेतेनी खोलाबाट दैलेखको गुराँस गाउँपालिका ५ को कान्छी बजारमा बसाईं सरेका थिए।
राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका ५ को कान्छी बजारमा बस्दै आएका छन्।