बिचौलीयासँग मिलेर बेरोजगार नेपाली युवालाई भिजिट भिसामा खाडी मुलुक पठाउने अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
बिचौलीयासँग मिलेर बिमानस्थलमा सेटिङमार्फत भिजिट भिसामा खाडी पठाउने गरेको उजूरिपछि आयोगको टोली पराजुलीको पछि लागेको थियो।
लामो समयको निगरानीपछि आयोगको टोलीले पराजुलीलाई मंगलबार बिमानस्थलबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोईरालाले बताए।
पराजुलीले बिचौलीयासँग मिलेर भिजिट भिसामा सेटिङ मार्फत दुबईलगायतका खाडी मुलुकमा रेकर्ड नरहने गरी स्ट्याम्प लगाएर युवाहरूलाई पठाउँदै आएको आयोगको दाबी छ।
नियन्त्रणमा लिएका पराजुलीलाई आयोगको हिरासतमा राखि आवश्यक अनुसन्धान अघि बढाइएको छ।