कालापानी र लिपुलेक भारतमा गाभिएपछि के भन्छन् कांग्रेस नेता बडु

फाइल तस्बिर

नेपालको कालापानी र लिपुलेक क्षेत्रलाई भारतको सीमाभित्र देखाइएको नयाँ नक्सा भारत सरकारले सार्वजनिक गरेपछि नेपालमा यसको सवत्र विरोध भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद दिलेन्द्र प्रसदा बडुले भारतको पछिल्लो कदमपछि सीमा विवाद समाधानका लागि सरकारले तत्काल सर्वदलीय बैठक बोलाएर निकास खोज्नुपर्ने बताएका छन्।

बिएल नेपाली सेवासँग कुरा गर्दै बडुले भारतको पछिल्लो कदम हाम्रो देशको लागि अस्वीकार्य हुने भन्दै उक्त बिषयमा नेपाल सरकारले तत्कालै गम्भीर रूपमा भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताए। आफ्नो भू-भाग मिचिनेगरी कुनै पनि मुलुकले एकतर्फी रूपमा नाक्सा कायम गर्ने कुराको नेपाल सरकारले आपत्ति जनाउनुपर्ने उनले बताए।

लिपुलेको बारेमा भारत र चीन र नेपाल बसेर सीमा निर्धारण गर्नुपर्ने बडुको दाबी छ।

‘त्रिदेशीय नाकाको रूपमा रहेको हाम्रो भूमी लिपुलेकबारे हामीलाईसमेत जानकारी नदिएर भारतले आफ्नो नक्सामा राख्ने काम अत्यान्त आपत्तीजनक कुरा थियो। सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्छ’, उनले भने, भारतले तयार पारेको नयाँ राजनीतिक नक्सामा कालापानी  लिपुलेकसमेतलाई आफ्नो देशमा देखाउनु अत्यन्त आपत्तीजनक छ। हाम्रो भूमी उनीहरूले आफ्नो देशमा गाभ्ने काम यसरी गर्छन् भने सरकारले तत्काल गम्भीर आपत्ती जनाउनुपर्छ। र यो घोर आपत्तीजनक विषय हो।’

यस विषयको समाधानका लागि कुटनीतिक तहमा तत्काल छलफल थाल्नुपर्ने भन्दै उनले समाधानको निम्ति छलफलमा बसिहाल्नुपर्ने बताए।

‘वास्तवमा लिपुलेकका विषयमा विगतका सरकारले पनि डिप्लोमेटिक नोट दिएर विरोध जनाएको हो। तर, त्यसको कुनै विष्कर्ष पुन सकेको छैन,’ उनले भने,‘कालापानीकोमा धेरै पहिले देखि विवाद छ। दुबै देशले यसलाई आफ्नो जमिनमा देखाउने एउटा कुरा छ। तर कालापानी र लिपुलेकलाई विदेशमा पर्ने नक्सालाई हामी कुनै पनि हालतमा मान्दैनौ।’

यो विषयमा भारत र चीनसँग कुनै किसिमको सम्झौता नहुने भन्दै उनले समस्या समाधानका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने जिकिर गरे।

‘सरकारले यतिबेला सबै दलहरूको सहयोग लिएर भारतसँग र चीनसँग कुटनीतिक रूपमा आपत्ती देखाउने र समाधान खोजिहाल्ने गर्नुपर्छ,’ उनले भने, ‘हामी सरकारमा हुँदा गरेको पहललाई यो सरकारले फलोअप गर्ने र निष्कर्षमा पुर्‍याउने काममा ध्यान दिएको छैन। चीन र भारतका राष्ट्रप्रमुख यहाँ आए, नेपालका पनि गए तर पनि कुरा उठाउन सकेनन्।’

यसका पनि यो विषयमा सरकार गम्भीर नभएको उनको जिकिर थियो।

उनले अब सर्वदलीय ढंगले सबै दल एक ठाउँमा उभिने बेला आएको भन्दै राष्ट्रियताको मामिलामा सबै एक जुट हुन आग्रह गरे।

सुन्नुहोस् अडियो

 

 

प्रकाशित मिति: : 2019-11-08 10:13:09

प्रतिकृया दिनुहोस्