पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपतमा परेकालाई सहयोग गर्न दैवी प्रकोप उद्धार कोष स्थापना गर्ने घोषणा गरेकी छन्।
हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाहले आइतबार पत्रकार सम्मेलन गरी दैवी उद्धार कोष खडा गरी सहयोग पुर्याउने बताएकी हुन्।
शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन्।
त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक आफ्नो सन्देशहरु संग्रहित पुस्तक संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने जानकारी पनि दिइन्। हिमानी ट्रष्टले सामाजिक सेवा अन्तरगत भूकम्प पीडितलगायतकालाई पनि राहत वितरण गर्दै आएको पनि अध्यक्ष शाहले बताइन्।
पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ।