पोखरा । कास्कीको पोखरा महागनरपालिका २६ मा शनिबार बेलुका स्वीमिङ पुलमा डुबेर एक बालिकाको ज्यान गएको छ।
सोही ठाउँमा रहेको टाइगर माउन्टेन होटलको स्वीमिङ पुलको पानीमा सोही होटलकी कामदार शिला भण्डारीकी ७ वर्षीया छोरी संजिता बेलुका सवा ७ बजे खसेकी थिइन्।
उद्धार गरेर अस्पताल पुर्याउनासाथ डाक्टरले बालिकालाई मृत घोषणा गरेका थिए।
खोलामा डुबेर १० वर्षिय बालकको मृत्यु
यस्तै सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित दब्दाहा खोलामा पनि डुबेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ।
मिलन चोक बस्ने फिक्कल गाउँपालिका ५ सोल्पाका १० वर्षीय बालक जेनिष श्रेष्ठ नुहाउने क्रममा हिजो साँझ खोलामा डुबेका थिए।
उपचारको लागि अस्पताल पुर्याउनासाथ बालकलाई डाक्टरले मृत घोषणा गरेका थिए ।