कालिकोटमा साँच्चैको नमूना स्कुल (भिडियोसहित)

तस्बिरः बिएल

फोइमा बिएल -१

नाग्मबाट दुई घण्टाको उकालो हिड्दा जीउ आरनबाट निकालेको फलामजस्तै तातेको थियो । अनि, पसिना उमालेको पानीजस्तै । उबटखाबट जमीन र भिरपाखाको परिचय बोकेको कालिकोटमा यस्तो मिलेको ठाउँ होला भनेर सायद कमैले अनुमान गरेका हुन्छन् । मेरो पनि योभन्दा भिन्न अनुमान थिएन ।

जब उकालो चढ्दै २५ सय मिटरको उचाइमा पुगिन्छ त्यसपछि कालिकोटको फोइमहादेवले यसअघि निर्मित धारणा परिवर्तन गराइदिन्छ । प्रकृतिले कालिकोटलाई भिरपाखा मात्र होइन, यस्तो सुन्दर ठाउँ पनि उपहार दिएको रहेछ ।

एभानको प्रजनन अंग र त्यसलाई मुसारेर आमा बन्न चाहने महिलाहरू ! (भिडियोसहित)

यस्ता केही सुन्दर ठाउँ भएको कालिकोट जिल्लाको भूभाग राणाकालिन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्लाअन्तर्गतको जुम्लामा पर्थ्यो । २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बाँडिएपछि कर्णाली अञ्चलका ५ जिल्लामध्ये एकको नामाकरण गरियो- तिब्रिकोट । २०३२ सालमा त्यही तिब्रिकोटले नयाँ नाम पायो- कालिकोट । कालिकोट नामाकरणसँगै लामो समय यस जिल्लाले कर्णालीको कान्छो जिल्लाको परिचयसमेत सँगै बोक्यो ।

जुम्लासँग सिमाना जोडिएको कालिकोटकाे फोइमहादेवमा देउराली, पिपलगौडा, फोई, चिमलचौर र दहचौरमा मिलेका बस्ती देख्न सकिन्छ । घर-आँगनमा मिलेका फाँटले किसानलाई आफ्नो गतिलो खेतबारी भएकोमा गर्व लाग्छ भने बाहिरका मान्छेलाई प्रकृतिको अनुपम उपहार ।

यस बस्तीमा पहिला सबै घर काठले छाएका नारे थिए । तर, अहिले त्यस्तो चलन बिस्तारै हराउँदै गएको छ । घरका छानामाथि जस्ता पाताकको अतिक्रमण एकपछि अर्काे बढिरहेको छ । केही घर अहिले पनि नारे नै छन् । यस्ता घर बाहुन, क्षेत्री, दलित ठकुरी सबैका छन् अलिअलि । जसले समाजको वर्गीय चरित्र प्रष्ट्याएको छ ।

टाँढाबाट हेर्दा पानी नभएको तर दहजस्तै मिलेको चौर देखिने दहचौरमा कालिकोेट जिल्लाको एउटा नमूना स्कुल अवस्थित छ । यो कसरी बन्यो, त्यसको पछाडि एउटा प्रेरणादायी कथा छ ।

अमेरिकामा अर्को मास सुटिङ :  टेक्सासको अल्पासोमा २० मारिए, २४ घाइते

२०३७ सालमा त्यसबेलाका राष्ट्रिय पञ्चायत सदस्य धीरबहादुर हमालले ३० बिघा जग्गा स्कुलको नाममा दर्ता गराए । गाई-गोरु छाडा छोडिने दहचौरमा स्कुल बनाउन सिंगो फोइ महादेव गाविस जुट्यो । गाउँलेले सकेको सहयोग गरे । हुनेले आर्थिक सहयोग गरे । नहुनेले श्रमदान गरे । पूरै जग्गा वरिपरि कम्पाउण्ड वालसहितको स्कुल तयार भयो । गाउँभरिका केटाकेटीका लागि ज्ञान आर्जनको ढोका खुल्यो ।

यो पनि हेर्नुहोस् 
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण 

स्कुलको खालि जग्गामा स्याउ र ओखर रोपिएको छ । प्राविधिक शिक्षामा प्लान्ट साइन्स पढाइका लागि रोपिएका हुन् यी । यसमा केही खेतीयोग्य जमीन पनि छ । जहाँ कृषि जेटिएका विद्यार्थी प्रयोगात्मक कक्षाका लागि तरकारी खेती गर्छन् ।

स्याउबाट वर्षको ३०/४० हजार आम्दानी हुन्छ । अहिले स्याउबाट जाम बनाउने गरिएको छ । वर्षेनी घाँस बेचेर थप ३०/३५ हजार आम्दानी हुन्छ । खेतीयोग्य जमीन भाडामा दिइएको छ । जहाँ ठुलो कलस्टरमा गँहुखेती भैरेहेको छ र वर्षामा यहाँद सिमी खेती हुँदै अाइरहेकाे छ । जसबाट वर्षमा एक लाख आउँछ । विद्यालय हाताभित्र बोजो छ । दुई-तीन वर्षमा यसबाट पनि आम्दानी हुन्छ । विद्यालयको थप आम्दानीको स्रोत प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीबाट उठाउने शुल्क हो । यसबाट निजी स्रोतका १५ शिक्षकको व्यवस्थापन गरिएको छ ।

सुरुमा पाँच कक्षासम्म पढाउने गरी तयारी गरेको महादेव प्रावि क्रमश: निमावि, मावि हुँदै उच्चमावि भयो । एकपटक त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तहको अध्यापन पनि सुरु गरिएको थियो तर चल्न सकेन ।

हाल कक्षा ११,१२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकाय र सिटिइभिटीको १८ महिने कृषि जेटीए र तीनवर्षे प्लान्ट साइन्स अध्यापन भैरहेको छ । कक्षा १ देखि १० र अरु सबै प्रोग्राम गरेर यहाँ आठसय ४७ विद्यार्थी अध्ययनरत् छन् । ३५ शिक्षक कर्मचारी छन्, जसमध्ये २० दरबन्दीका छन् भने बाँकि निजी स्रोतका ।

प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैखेल, कालिकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीले शिक्षा लिइरहेका छन् भने तीनवर्षेमा जुम्ला र कालिकोटका बढी छन् । केही विद्यार्थी हुम्ला र मुगुबाट पनि आएका छन् ।

महादेव मावि कालिकोट जिल्लामै हरेक वर्ष एसईई परीक्षामा राम्रो नतिजा ल्याउने विद्यालयमा पर्छ । जिल्लामा राम्रो ख्याति कमाएकोले प्रतिष्ठित छ ।

यो पनि हेर्नुहोस् 
डेढ वर्षदेखि ‘इएलेस’ रोगबाट थलिएका टेण्डी 

अघिल्लो वर्ष शिक्षा विभागले देशभरिबाट एक हजार नमूना मावि छनोट गर्ने लक्ष्य लिएको थियो । पहिलो चरणमा दुई सय २२ नमुना मावि छनोट ग-याे । त्यसमा कालिकोट जिल्लाबाट महादेव मावि प-याे ।

कम्तिमा एउटा नगरपालिका वा गाउँपालिकामा एउटा स्कुल नमुना छनोट भैसकेपछि मात्र अर्काे नमुना मावि छनोट गर्ने भन्ने थियो । केही ठाउँमा एउटै नगर वा गाउँपालिकामा दुईवटा पनि नमुना मावि छनोट भएका छन् ।

महादेव माविको यस्तो राम्रो नतिजा आउनुको पछाडि तीन पाटा रहेको पाइन्छ । पहिलो पाटो गाउँलेको साथ र सहयोग हो । दोस्रो पाटो- व्यवस्थापन समितिको सकारात्मक भूमिका र विद्यालयका शिक्षक कर्मचारीको मेहेनत । तेस्रो पाटो हो- शिक्षक, कर्मचारीको नेतृत्व गरेको विद्यालयका हेडमास्टर नरदीप शाहीको कुशल नेतृत्व क्षमता ।

गाउँलेहरु नरदीप सर र फोइ महादेव विद्यालयलाई पर्यायवाची मान्छन् । उनको रातदिनको मेहेनतले विद्यालय राम्रो बन्न सकेको ठान्छन् उनीहरू । विद्यार्थी पनि उनलाई आदर्श मान्छन् । १८ महिने कृषि जेटीए पढिरहेका जुम्ला चन्दननाथ नपा १० का गणेश रावत भन्छन् ‘यहाँका जस्ता हेडसर मैले अन्त कतै देखेको थिइँन । साह्रै मेहेनत गर्नुहुन्छ । सबैको प्यारो हुनुहुन्छ ।’

हेडसर प्रायश: विद्यालयमै हुन्छन् । काम विशेषले जिल्ला बाहिर वा सदरमुकाम गएको अवस्थामा बाहेक उनलाई २४सै घण्टा विद्यालयमै भेटाउन सकिन्छ । उनको बसाइँ विद्यालयको होस्टेलमै छ । होस्टेलमा उनीलगायत केही शिक्षक र विद्यार्थी बस्छन् । केटाकेटीको लागि भनेर अलग अलग होस्टेलको व्यवस्था छैन । होस्टेल निःशुल्क छ । जो घरभन्दा कम छैन । त्यहाँको वातावरण पनि घरकाे जस्तै । कर्णाली विकास हातेमाले संस्थाले छात्रवृत्ति दिएर १८ महिने जेटीए पढिरहेकी जुम्ला तिला गाउँपालिका पोख्रीकी सरिताकुमारी रोकाया भन्छिन् ‘होस्टेल घरजस्तो छ । शिक्षक अभिभावक जस्ता ।’

हेडसरको घर राँचुली हो । तर, निकै लामो समयसम्म घर जान पाउने रहेनछन् । उनी भन्छन् ‘अहिले कर्णाली राजमार्ग नजिक घर बनाएको छु । सदरमुकाम र जिल्ला बाहिर जाँदा-आँउदा घर पस्छु । खास घर जान पाइँदैन ।’

हेडसरको कथा पनि रोचक छ । उनी २०४८ देखि ५३ सालसम्म अस्थायी शिक्षक रहेछन् । ०५२ मा शिक्षक सेवा आयाेगकाे परीक्षा दिएर अस्थायी शिक्षक भएपनि सहायक हेडमास्टरको जिम्मेवारी सम्हालेका उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जागिर छोडेर नेमकिपाबाट राँचुली गाविसमा अध्यक्ष पदको उमेदवार बनेछन् । त्यसबेला तीन प्रतिशत मत परिमाणका कारण नेमकिपाले आफ्नै चुनाव चिन्ह पाएनछ । अरुको चुनाव चिन्हमा लड्दा जनता अलमलिएछन् । ४८ मत बदर भएछ उनी ६ मतले चुनाव हारेछन् ।

२०५२ सालमा दिएकाे शिक्षक सेवा आयोगको जाँचकाे परिणाम ०६० सालमा आएपछि शिक्षक भएका नरदीप सर स्थायी शिक्षक भए । त्यसको एक वर्षमै उनी फोइमहादेवमा हेडमाष्टर भए । उनले नेतृत्व सम्हालेयता विद्यालयल झन् राम्रो भएको रहेछ । तर, उनी भने यसलाई जग बलियो भएकाले यो सबै सम्भव भएको बताउँछन्।

उनी अहिले नेमकिपाको शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष छन् । राजनीतिक आस्थाको कारण विद्यालयले पाउने सहुलियतमा समस्या त आएको छैन ? भन्ने प्रश्नमा उनले ब्रेकएनलिंकससँग भने ‘व्यक्तिगत आस्था फरक हो । विद्यालयको सवालमा सबैसँग समन्वय गरिरहेको छु । सबैको सकारात्मक दृष्टिकोण भएकैले विद्यालय नमूना हुन सकेको हो ।’

 

प्रकाशित मिति: : 2019-08-04 08:44:30

प्रतिकृया दिनुहोस्