द्वापर युगमा पाण्डवहरूले जुवाको खालमा आफ्नो श्रीमतिलाई दाउमा लगाएर हारेको कथा सबैलाई याद होला।
यस्तै एउटा घटना भारतको उत्तर प्रदेशस्थित वाराणसीमा रहेको जौनपुर जिल्लामा भएको छ।
रक्सीको कूलतमा फसेका एक व्यक्तिले जुवाको खालमा आफ्नो श्रीमतिलाई दाउमा लगाएर हारेपछि श्रीमतिको सामूहिक बलात्कार भएको छ।
जफराबाद पुलिस चौकी नजिकै बस्ने एक महिलालाई उनको श्रीमानले जुवाको खालमा दाउमा लगाएका थिए। साथीहरूसँग जुवा खेल्ने क्रममा श्रीमानको पैसा समाप्त भएपछि उनले श्रीमतिलाई नै दाउमा लगाएका थिए।
दाउमा श्रीमतिलाई हारेपछि जुवाको खालमा रहेका दुई साथीहरूले सामूहिक बलात्कार गरेका थिए।
घटना एक वर्ष अगाडिको हो। घटनापछि महिला घर छोडेर माइत गएर बसेकी थिइन।
९ डिसेम्बर २०१८ मा श्रीमानले ससुराली आएर श्रीमतिसँग माफी मागेका थिए। श्रीमानले माफी मागेपछि पुनः घर फर्किन तयार भएकी श्रीमतिलाई बाटोमा पुनः साथीहरूले सामूहिक बलात्कार गरेका थिए।
श्रीमानले ससुरालीबाट घर फर्किने क्रममा बीच बाटोमा पुनः साथीहरूलाई गाडीमा बसाएका थिए।
श्रीमतिले यसअघि पनि प्रहरीमा उजुरी गरेकी थिइन। तर, प्रहरीले कुनै कार्यवाही गरेको थिएन। अहिले अदालतको हस्तक्षेपपछि उत्तर प्रदेशको पुलिस हर्कतमा आएको छ। अदालतले प्रहरीलाई सबै प्रमाणसहित उपस्थित हुन आदेश दिएको छ।