बेलायतमा एउटा अनौंठो घटना सार्वजनिक भएको छ। बेलायतको एउटा अदालतले स्थानीय एक व्यक्तिलाई ५० मिनेटको जेल सजायको निर्णय सुनाएको छ।
समरसेटका स्थानीय सेन जेनकिङ्स सम्भवत विश्वमा सबैभन्दा छोटो जेलको सजाय पाउने अभियुक्त बनेका छन्। उनलाई आफ्नै साथीको घरको झ्याल फोडेको आरोपमा समरसेटको अदालतले फैसला सुनाएको हो।
२३ वर्षीय जेनकिङ्सले आफ्नो पूर्व साथी केनेथ बेलको घरको झ्याल फोडेका थिए। अदालतले उनलाई अरुको सम्पत्तिमा नोक्सान पुर्याएको र प्रहरीलाई गुमराहमा राखेर भागेको आरोपमा सजाय सुनाएको हो।
घर मालिक बेलले नै जेनकिङ्समाथि प्रहरीमा उजुरी गरेका थिए। प्रहरीले जेनकिङ्सलाई पक्राउ गरे मुद्धा ब्रिस्टलको क्राउन कोर्टमा दायर गरेको थियो।