भारतमा अब ४ वर्षभन्दा माथिको केटाकेटीहरूले बाइक चढ्दा हेलमेट अनिवार्य लगाउनु पर्ने कानुनलाई केन्द्रीय सरकारले लागु गर्दैछ।
मोदी सरकारले लागु गर्न लागेको यो बिल लोकसभाबाट स्विकृत भइसकेको छ। अब बिललाई स्विकृत गर्न राज्यसभामा लैजानुपर्ने प्रावधान छ। राज्यसभाबाट पनि स्विकृत भएपछि यो बिल देशब्यापि रुपमा लागु हुनेछ।
नयाँ लागु हुन लागेको कानुनअनुसार यदी ४ वर्षमाथिको बच्चालाई बिना हेलमेट लगाएर बाइक चलाएको खण्डमा अविभावकले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ।
भारतमा दैनिक ४ सय व्यक्ति सडक दुर्घटनाको शिकार हुने गर्छन्। बर्षमा १ लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने भयावहस्थितिलाई कम गर्न सरकारले यो कानुन लागु गर्न लागेको हो।