भक्तपुर । घरमा छोरी र श्रीमतीलाई झुक्याएर सिन्धुपाल्चोकका एक युवाले प्रेमिकासँगै आत्महत्या गरेका छन्।
सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको बोडेमा बस्दै आएका जीवन बहादुरले घरमा छोरी र श्रीमतीलाई झुक्याएर रामेछापकी प्रेमिका मंगली घिसिङसँगै आत्महत्या गरेका हुन्।
भक्तपुर प्रहरीका अनुसार जीवन मंगलबार मंगलीसँगै झुण्डीएको अवस्थामा फेला परेका हुन्।
गएको साउन ११ गते जीवनकी श्रीमतीले मंगलीसँगको सम्बन्ध बारेमा जानकारी पाएर प्रहरीलाई उजुरी दिएकी थिइन्। प्रहरीले जीवनलाई बोलाएर अबदेखि युवतीसँग नलाग्ने सर्त राखेपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।