काठमाडौंको दरबारमार्ग स्थित क्लव डेजाभूका संचालक मनोज श्रेष्ठ पक्राउ परेका छन्। पक्राउ परेका श्रेष्ठको नाममा नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।
श्रेष्ठले डेजाभू क्लवकोे अध्यक्ष हुँदा कम्पनी मर्मत गर्ने भन्दै विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए । विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले बैकमा रकम नभएको दुई करोडको चेक दिएका थिए।
विश्वरामको उजुरीको आधारमा प्रहरीले श्रेष्ठलाई बैकिङ्कसुरमा मुद्धा चलाएको थियो। लामो समयदेखि फरार रहेका श्रेष्ठ आईतबार राति हङकङबाट नेपाल आउदै गरेका बेला बिमानस्थलमा पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसरमा बुझाइएको छ।