ठेकेदारको चरम लापरवाहीले ३ वर्षसम्म स्कुल कोठा बनेन, स्थानीय निकाय मौन

बिएल

ठेकेदारको चरम लापरवाहीका कारण मोरङको रंगेली नगरपालिका–६ स्थित पब्लिक उच्च माध्यमिक विधालयको भवन सम्झौंता भएको तीन वर्ष वितिसक्दा पनि निर्माण हुन सकेको छैन।

भवन निर्माणका ८१ लाख बराबरको निर्माण ठेक्का साझा सहकारी संस्थामा कार्यरत कर्मचारी शिवनारायण राजवंशीलाई दिइएको थियो। उनले कूल ८१ लाख ९९ हजार ६२ रुपैयाँको लागतमा १२ कोठे दुई तल्ले पक्कि भवन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।

तर, तीन वर्ष वितिसक्दा पनि भवन निर्माण नभएपछि विद्यार्थीहरू बर्षायाममा चुहिने छतको मुनी बसेर पठनपाठन गर्न बाध्य छन्।

२०७३ सालमा जिल्ला शिक्षा कार्यलयको ६० लाख अनुदान र बिधालय कोषबाट २१ लाख रुपैयाँको लागतमा भवन निर्माण हुने समझैता भएको थियोे।

भवनको विषयमा विवाद उठेपछि आइतबार रंगेली नगरपालिकाका कार्यकारी अधिकृत टोम प्रसाद सुवेदी, मेयर दीलिप बगडिया, विधालय ब्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्षहरूले भवन निरीक्षण गरेका थिए।

भवन निरीक्षणमा ठेकेदारको लापरवाहीले भवन निर्माणमा कमसल काम भएको पाइएको थियो।

ठेकेदार शिवनारायणले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्। भवनमा भएको लापरवाहीको विषयमा मेयर बगडियाले भने, ‘लापरवाही गर्ने जो सुकै होस्, उन्मुक्ति कसैले पाउँदैन। हामी कार्यवाहीको दायरामा ल्याउने छौं।’

प्रकाशित मिति: : 2019-07-29 16:35:38

प्रतिकृया दिनुहोस्