घरबाट साढे १३ लाख चोरी गर्ने पक्राउ

बिएल

घर फुटाएर साढे १३ लाख रुपैयाँ चोरी गर्ने मोरङको कटहरी गाउँपालिका–१ का २२ वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१ का मोतीराज दाहालको घरबाट चोरी गरेको घटनामा संलग्न कामतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दाहालको घरबाट साउन ७ गते चोरी भएको थियो ।

विराटनगर–१ बाटै पक्राउ परेका कामतको साथमा ३ लाख ८१ हजार रुपैयाँ नगद र एक लाख पाँच हजार रुपैयाँ पर्ने सामसुङ मोबाइल सेट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए। उनका अनुसार मोबाइल सेट चोरी गरेकै रकमबाट किनेको खुलेको छ । चोरी मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर कामतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: : 2019-07-29 12:50:32

प्रतिकृया दिनुहोस्