इटहरी । सुनसरीको झुम्कामा एक १० वर्षिया बालिकालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
घरमा कोही नभएको मौका छोपी १० वर्षिया बालिकालाई विभिन्न प्रलोभन देखाएर जवरजस्ती करणी गर्ने गर्ने ३५ वर्षिय भीम गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।
गुरूङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए।
पीडित बालिकाको आफन्तले दिएको उजूरिका आधारमा गुरूङलाई नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भईरहेको दाहालले बताए।