काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानमा परी देशभरमा १११ जनाको ज्यान गएको छ।
गृहमन्त्रालयका अनुसारअझै ४० जना बेपत्ता छन्।
विभिन्न जिल्लामा गएको बाढी पहिरो र डुवानबाट ६७ जना घाईते भएका छन्।
गृहमन्त्रालयका अनुसार पाँच नम्बर प्रदेशको गुल्मीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। गुल्मीमा मात्र पहिरोमा परी १३ जनाको मृत्यु भएको छ।
यस्तै रौतहटका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ।
देशभरीका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर४५ जनाको मृत्यु भएको छ भने बाढीमा परि ५८ जनाले ज्यान गुमाएका छन्।
देशभरीमा गरी १२८ वटा बाढी पहिरोको घटना घटेका छन्। बाढीपहिरोकै कारण देशभरीमा गरी एक अर्बभन्दा बढीको नोक्सानी भएको गृहको दाबी छ।
बाढी पहिरोबाट देशभरीका ६४ जिल्ला प्रभावित भएका छन्।
सिराहामा सात र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार/चार जनाले ज्यान गुमाएका छन्।
बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन/तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई/दुई जनाको ज्यान गएको छ।
उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक/एक जनाको ज्यान गएको गृहले जनाएको छ।
बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन्। डोल्पामा सात र लमजुङमा ६ जना अझै बेपत्ता छन्। सिन्धुलीमा चार, इलाम र मोरङमा तीन-तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई-दुई जना बेपत्ता छन्।
झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक-एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन्। पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारीअनुसार मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच-पाँच जना घाइते भए ।
मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक÷एक जना घाइते भएका छन् ।
झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन/तीन जना घाइते भएका छन् ।