त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले निजी तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। त्रिविले बुधबार सूचना जारी गरी सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको हो ।
त्रिभुवन विश्वविद्यालयमा पढाउने प्राध्यापकले अन्यत्र पढाउन अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ ।
बुधबार त्रिविको अनुगमन निर्देशनालयले जारी गरेको सूचनामा अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो।
विश्वविद्यालयका प्राध्यापकहरुले अन्यत्र पढाउँदा विश्वविद्यालयको शिक्षा खस्किएपछि निर्देशनालयले अनुगमन गरेको हो ।
अनुमति लिँदा सम्बन्धित प्राध्यापकको आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्नेछ। एकै सिफ्टमा आंगिक र निजी क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने त्रिविले जनाएको छ।