नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति

तस्वीरः चन्द्रकला क्षेत्री

नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा) शुल्क नलिने सहमति भएको छ। नेपाल र जर्जियाबीच सचिवस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो।
दुवै देशका कूटनीतिक र सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा शुल्क नलिने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले बतांए।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सचिव वैरागी र उहाँका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। आजै नेपाल चेम्बर अफ कमर्स र जर्जियाली उद्योग वाणिज्य सङ्घबीच व्यापारिक साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। (रासस)

प्रकाशित मिति: : 2019-07-22 18:16:31

प्रतिकृया दिनुहोस्