काठमाडौं। करिब २ किलो अबैध सुनसहित एक युवक पक्राउ परेका छन्।
रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं–५ स्याफ्रोबेशी घर भएका १७ वर्षिय भीमबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो।
प्रहरीले तामाङलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट अवैध सुनसहित पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रुबाहक बसलाई चेक गर्दा दुई केजी सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार तामाङलाई चेक जाँच गर्ने क्रममा उनीबाट कम्बरमा बाँधिएको सुन बरामद गरिएको हो।
प्रहरीले ६ सेमी लम्बाई र ११ सेमि मादलजस्तो गोलाई भएको सुनसहित तामाङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई सुनसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको छ।