चीनमा स्टेज कार्यक्रम गरिरहेका हङकङका अभिनेता साइमन याममाथि चक्कु प्रहार भएको छ।
६४ वर्षीय यामलाई शनिबार ग्याङदोङ राज्यको झोङशान शहरमा भइरहेको कार्यक्रममा आक्रमण भएको थियो। घाइते यामको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
कार्यक्रम गरिररहेको बेला एक चिनियाँ व्यक्ति दौडिदै स्टेजमा चढेका थिए र उसले नै धारिलो हतियारले नायक यमको पेटमा घोपेको थियो।
कार्यक्रममा उपस्थित अन्य व्यक्तिले दौडिदै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।
चिकित्सकहरूले यामको पेटमा टाँका लगाएको र अहिले उनी खतराबाहिर रहेको जानकारी दिएका छन्।
प्रहरीले घटनाको छानवीन गरिरहेको छ। यामले हङकङ र चीनको २ सय ३४ फिल्म र टेलिभिजनमा अभिनय गरिसकेका छन्।