हजयात्री साउदी प्रस्थान : गृहमन्त्रीले गरे बिदाई

तस्बिरः बिएल

साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई सरकारले बिदाई गरेको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले हजमा जानेलाई बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बिदाइ गरेका हुन्। बिहीबार हजमा १५६ सदस्यीय पहिलो टोली प्रस्थान गरेको छ। बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए। त्यसैगरी, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए। यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जाँदैछन्।

प्रकाशित मिति: : 2019-07-18 09:01:26

प्रतिकृया दिनुहोस्