मोरङ सुनवर्सी नगरपालिकास्थित भेलाई खोला तर्ने क्रममा डुवेकी ११ वर्षीय श्रृजना तामाङको शव बुधबार फेला परेको छ।
मंगलबार साइकल लिएर पुल तर्ने क्रममा दुई स्कुले बालिका भेलाइ नदीको किनारामा डुवेका थिए।
११ वर्षीय कृति तामाङको मृत्य शरीर मंगलबार नै फेला परेको थियो। कृति इलाम दानावारीकी स्थायी वासिन्दा हुन् भने उनी फुपुको घरमा बसेर पढ्दै आइरहेकी थिइन।
श्रृजना पथरी शनिश्चरे नगरपालिका ६ मा बस्ने राजीव तामाङकी छोरी हुन्।