खोला तर्ने क्रममा ११ वर्षीय कृतिकाको निधन, श्रृजनाको खोजी कार्य जारी

बिएल

रबिन्द्र बराल

मोरङको सुनवर्सी नगरपालिका ४ स्थित भेलाई खोला तर्ने क्रममा इलाम दानावारी–९ की ११ वर्षीया कृति तामाङको मंगलबार निधन भएको छ। 

उनी पथरी शनिश्चरे नगरपालिकामा रहेको फुपुको घरमा बसेर पढ्दै आइरहेकी थिइन।

कृति आफ्नो साथी पथरी शनिश्चरे बस्ने राजीव तामाङको छोरी श्रृजनासँगै साइकल लिएर कल्भर्ट तर्दै थिइन। यत्तिकैमा उनीहरू पानीमा डुवेका थिए।

कृतिकाको मृत्य शरीर तत्कालै फेला परेपनि श्रृजना अझै बेपत्ता छिन्। उनको खोजी कार्य भइरहेको छ।



प्रकाशित मिति: : 2019-07-16 18:06:53

प्रतिकृया दिनुहोस्